Comments Add Comment

पीएफए टीम अफ दि इयरमा पोग्बा पनि

काठमाडौं । प्रोफेसनल फुटबलर्स एशोसिएसनले पीएफए टीम अफ दि इयर २०१८/१९ सार्वजनिक गरेको छ । तर, टिममा म्यानचेष्टर सिटी र लिभरपुल बाहेकका एक खेलाडी मात्र परेका छन् । उनी हुन्, म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा ।

११ खेलाडी मध्ये ६ जना म्यानचेष्टर सिटीका छन् । गोलकिपर इडर्सनसँगै सेन्टर हाफ लापोर्ट, मिडफिल्डर बर्नान्डो सिल्भा र फर्नान्डिन्हो र फवार्ड सर्जिओ एग्युरो र राहम स्टर्लिङ छन् ।

यस्तै लिभरपुलबाट फुलब्याक एन्ड्रू रोबर्टसन र ट्रेन्ठ एलेक्जेन्डर अर्नाल्ड, सेन्टर हाफ र फवार्ड साडिओ माने परेका छन् ।

तर, लिभरपुलका मोहम्मद सहाल, आर्सनलका अबामियाङ, टोटनहृयामका हृयारी केन, चेल्सीका इडेज हर्जाड भने पीएफए टीम अफ दि इयर २०१८/१९ मा परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment