Comments Add Comment

‘बादल’ उर्फ ‘वीर विक्रम २’ कि बर्षा

नायिका बर्षा सिवाकोटी चलचित्र ‘वीर विक्रम २’बाट आफ्नो परिचय फेर्ने धुनमा छिन् । निरन्तर असफल नायिकाको ट्याग भिर्दै आएकी बर्षालाई यो चलचित्र सफल भएको खण्डमा परिचय फेरिन्छ र नायिकाको रुपमा आफ्नो माग पनि बढ्छ भन्ने लागेको छ ।

बर्षा चलचित्र भित्र ‘बादल’ नाम गरेकी यूवतीको भूमिकामा छिन् । चलचित्रका शिर्ष २ पात्रको प्रेममा परेपछि उनको जीवनमा आउने उतारचढावममा यो चलचित्र बनेको छ । ‘बादल’विना बर्षा हुँदैन । यसैले बर्षाका लागि यसपटक ‘बादल’ पात्र करिअरका लागि कोशेढुंगा हुने अपेक्षा छ ।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा यी सुन्दरी निकै नै बोल्ड बनेर पुगिन् । हुनत, बर्षाको पहिरनमा आएको यो परिवर्तन पहिलो पटक भने होइन । चलचित्र क्षेत्रमा आएको केही बर्षपछि यी नायिकामा बढेको आत्मविश्वासले पनि उनको करिअरप्रतिको सजगतालाई वुझ्न सकिन्छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment