Comments Add Comment

रुखबाट खसेर पर्सामा एक युवकको मृत्यु

१३ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा रुखबाट खसेर एक युवको  मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-२९ बसडिल्वा बस्ने २७ वर्षीय सुरेश हजराको मृत्यु भएको हो ।

पर्सागढी नगरपालिका-३ हात्तीवन जंगलमा दाउरा लिन तीनजना साथीसहित जंगल गएकोमा रुखबाट खसेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हजराको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले रुखको हाँगा काट्ने क्रममा खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘ तीन जना दाउरा लिन जंगल गएका रहेछन्, उनीहरुले एउटा रुख पनि काटे, तर त्यो रुख गएर अर्को रुखमा अड्केछ ,’ उनले भने , ‘ त्यही अड्केको रुख चढेर हाँगा काटेर उनले रुख झारेका थिए, तर उनी पनि झरेछन् । त्यही नै उनको मृत्यु भयो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment