Comments Add Comment

अमेजनले तिन महिनामा कमायो ३ अर्ब ६० करोड डलर नाफा

अमेजन कम्पनीले पछिल्लो तिन महिनामा ३ अर्ब ६० करोड अमेरिकी डलर मुनाफा कमाएको छ । सन् २०१९ को पहिलो त्रैमासिकमा कम्पनीले यो मुनाफा गरेको बिहिबार जारी वित्तिय प्रतिवेदनमा उल्लेख छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो । सन् २०१८ को पहिलो त्रैमासिकमा अमेजनले १ अर्ब ६० करोड डलर मुनाफा गरेको थियो ।

अमेजनले लगातार एक अर्ब डलर भन्दा माथि मुनाफा गरेको यो छैटौँ त्रैमासिक हो भने किर्तिमानी मुनाफा लगातार चौथो पटक गरेको हो ।

वर्षौँसम्म अमेजनले आफ्नो व्यवसायमा ठूलो मात्रामा रकम लगानी गरेको थियो । जसका कारण कम्पनीको आम्दानीमा तिव्र गतिमा वृद्धि हुँदै गयो । पछिल्लो समयमा भने कम्पनीको मुनाफा उच्चतम विन्दुतर्फ अग्रसर हुँदै केही सुस्त बन्दै गएको छ । यद्यपि निश्चित वृद्धिदरको मुनाफा भने निरन्तर गर्दै आएको छ ।

सन् २०१९ को पहिलो त्रैमासिकमा अमेजनले कूल ६० अर्ब डलर आम्दानी गरेको छ । जुन सन् २०१८ को अन्तिम त्रैमासिक भन्दा १७ प्रतिशतले बढि हो । यो वृद्धिदर सन् २०१५ यताकै सबैभन्दा सुस्त वृद्धिदर हो ।

अमेजनका विभिन्न व्यवसाय मध्ये क्लाउड कम्प्युटिङ्गबाट कूल ७ अर्ब ७० करोड डलर कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा ४१ प्रतिशतले बढि हो ।

त्यस्तै विज्ञापन व्यवसायबाट यो अवधिमा कम्पनीले २ अर्ब ७० करोड डलर आम्दानी गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment