Comments Add Comment

सानिमा बैंक ‘कनेक्ट आइपिएस इपेमेन्ट’मा

१५ वैशाख, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा सानिमा बैंकलाई आवद्ध गराएको छ ।

क्लियरिङ्ग हाउस राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित हो।

बैंकका ग्राहकहरुले यस प्रणालीको www.connectips.com र एन्ड्रोइड तथा आइओएसमा उपलब्ध मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

कम्पनीका अनुसार यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने छन्।हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त प्रणाली सेवा प्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ। ग्राहकहरुले कनेक्टआइपिएस छनौठ गरी समेत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको बंकको भनाइ छ।

हाल कनेक्टआइपिएसमा अनलाईन मार्फत प्रति कारोबार १ लाख रुपैयाँ सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार रुपैयाँ सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ।

यो प्रणालीमा ५५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल ४६ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment