Comments Add Comment

मध्यपश्चिमद्वारा लालिगुराँस क्रिकेट एकेडेमी पराजित

१५ वैशाख, काठमाडौं । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबार भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ ।

११२ रनको लक्ष्य मध्यपश्चिमले १६.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । मध्यपश्चिमको जितमा शैलेन्द्र यादवले अविजित ५३ रन तथा विशाल गुप्तले अविजित ४५ र बनाए ।

टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । लालीगुँरासका लागि प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुष थापाले १८ रन बनाएका थिए । मध्यपश्चिमका लागि आकाश विष्ट र अजय साहनीले समान ३–३ विकेट लिए ।

समूह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोस्रो खेल खेल्दा मध्यपश्चिमको पहिलो जित हो । लालीगुराँसले भने अहिलेसम्म खेलेका सबै ३ वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ । समूहको शीर्ष स्थानमा रहेको कर्णाली ११ ले दुई खेलमा जित हात पारेको छ भने आर्मीले १ खेलमा जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment