Comments Add Comment

दिल्लीद्वारा बेंग्लोरलाई १८८ रनको लक्ष्य

१५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बेंग्लोरलाई १८८ रनको लक्ष्य पेश गरेको छ ।

फिरोज शाह कोट्लामा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्धशतक बनाए । कप्तान ऐरले ५२ रन बनाएर आउट भए । उनले ३७ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, शिखर धवनले ३७ बलमा ५ चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भए । पहिलो विकेट ३५ रनमा गुमाएको दिल्लीले दोस्रो विकेट १०३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि धवन र ऐरले ६८ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए ।

बलिङतर्फ युजभेन्द्र चाहलले दुई विकेट लिए । केही बेरमा बेंग्लोरले जावाफी ब्याटिङ थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment