Comments Add Comment

सुदूरपश्चिममा नेकपाका जिल्ला अध्यक्ष र सचिवले लिए सपथ

पूर्वएमालेका तीन जना सपथमा आएनन्

१५ वैशाख, कैलाली । नेपाल कम्युनिस्ट पार्टीको सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुले आइतबार सपथ लिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले जिल्ला अध्यक्ष र सचिवहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा ३ जना सचिव भने उपस्थित भएका थिएनन् । तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका व्यक्तिहरुलाई सचिवमा घटुवा भएपछि उनीहरु असन्तुष्टि जनाउँदै नआएका हुन् ।

डडेल्धुराका सचिव डा. तारादत्त जोशी धनगढीमै भएर पनि सपथ ग्रहणमा उपस्थित भएका थिएनन् । बझाङका सचिव दिलबहादूर सिहंले आफु सचिव पदमा नबस्ने यसअघिनै बताइसकेका थिए । त्यस्तै दार्चुलाका सचिव रामदत्त जोशी पनि सपथ ग्रहणमा उपस्थित भएनन् । पाटी इन्चार्ज रावलले भने उपस्थित नहुनुको यकिन कारण नआएकोले बुझ्ने काम भइरहेको बताएका छन् ।

सुदूरपश्चिममा पूर्वएमालेले ५ अध्यक्ष, ४ सचिव र पूर्वमाओवादीले ४ अध्यक्ष तथा ५ सचिव पाएको थियो ।

सपथ ग्रहणपछि कञ्चनपुरका सचिव तामाङले पार्टीनै सबै कुरा भएकाले पार्टीले जहाँ खटायो त्यही बाटो जाने बताए । उनले आफ्नो सन्तुष्टिलाई भन्दापनि आफुले पार्टीले दिएको कामलाई महत्वपुर्ण ठानेको बताए ।

सपथ ग्रहण कार्यक्रममा सुदूरपश्चि प्रदेशका प्रदेश मन्त्री, सभासद तथा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment