Comments Add Comment

मन्त्रिपरिषद् बैठकमा पेश गर्न १५ औं योजनाको आधारपत्र स्वीकृत

Photo Credit : राष्ट्रिय योजना आयोग/रामेश्वर कार्की

१५ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको आगामी पाँच आर्थिक वर्षको अवधि समेट्ने पन्ध्रौं योजनाको आधारपत्र मन्त्रिपरिषद् बैठकमा पेश गनै स्वीकृत भएको छ ।

आइतबार बसेको आयोगको पूर्ण बैठकले आगामी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरी आधारपत्र स्वीकृत गरेको हो ।

आयोगका अध्यक्षसमेत रहेको प्रधानमन्त्री के.पी.शर्मा ओलीको अध्यक्षतामा आइबार बसेको पूर्ण बै७कले स्वीकृत प्रदान गरेसँगै आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको १५ औंं योजनाको आधार–पत्र अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ ।

आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको छ ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी ५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो ।

आर्थिक वर्ष २०७६।७७ देखि २०८०।८१ सम्म कार्यान्वयन हुने उक्त योजनाको मस्यौदा माथि सरोकारवालासँग सुझाव लिएर आयोगले आधार पत्र तयार पारेको थियो ।

वि .सं. २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पु¥याउने दीर्घकालीन सोचसहितको योजनामा उल्लेख छ । हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ भने कूल ग्राहस्थ उत्पादन रु ३० खर्ब सात अर्ब छ । गरीबीको रेखामुनि रहेको जनसङ्ख्या २१ दशमलव ६ प्रतिशत छ ।

प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकाङ्क अन्य प्रदेशको तुलनामा कम छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रमा विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने प्रतिबद्धता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment