Comments Add Comment

जावलाखेल चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

१५ वैशाख, काठमाडौं । उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरिको नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको उद्घाटन खेलमा जावलाखेलले आर्मीलाई १-० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

खेलको चौथो मिनेटमा नै विदेशी खेलाडी ड्यानियल बेजेले गरेको गोल नै निर्णायक बन्यो । खेलमा १-० ले पछि परेपछि आर्मीले जावलाखेललाई दबाबमा राखेपनि गोल गर्न सकेन ।

दोस्रो हाफको शुरुमै आर्मी बराबरी गोल गर्नबाट चुक्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका जर्ज पि्रन्स कार्कीले ५२औं मिनेटमा प्रहार गरेको पि|mकिक पोस्टबाट थोरै बाहिरिदा आर्मी पुन बराबरीबाट चुक्यो ।

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा सोमबार फ्रेन्डस् क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment