Comments Add Comment

बीआरआई फोरममा कुन–कुन देश सहभागी भए ?

१५ वैशाख, बेइजिङ । चीनमा सम्पन्न दोस्रो बीआरआई फोरममा एशिया, अफ्रिका र युरोपका समेत गरी ३० देशका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुको सहभागिता थियो । यो फोरममा छिमेकी भारत, भुटान, बंगलादेश श्रीलंका आदिको भने प्रतिनिधित्व रहेको थिएन ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभमा पाकिरुतानले साथ दिँदै आएको छ भने भारतले यसप्रति अरुची देखाउँदै आइरहेको छ । त्यसैगरी पश्चिमा मुलुक अमेरिकाले चीनको यो नीतिलाई विश्वमा उसले फैलाइरहेको प्रभावका रुपमा लिँदै आइरहेको छ ।

शनिबार बेइजिङमा सम्पन्न दोस्रो बीआरआई फोरममा नेपाल लगायत कुन–कुन देशका को–को नेताहरु सहभागी भए त ? हेर्नुहोस् सूची–

१. चीनका राष्ट्रपति सि जिनपिङ

२. अजरबैजानका राष्ट्रपति इहाम आलियभ

३. बेलारुसका राष्ट्रपति अलेक्सेन्डर लुकासेन्को

४. बु्रनाईका सुल्तान हाजी हसानल

५. चिलीका राष्ट्रपति सेवास्तियन पिनेरा इचेनिक

६. साइप्रसका राष्ट्रपति निकोस अनास्टासियड्स

७. चेक रिपब्लिकका राष्ट्रपति मिलोस जेमान

८. जिबौटीका राष्ट्रपति इस्माइल ओमार गुयल्लेह

९. इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सीसी

१०. काजकास्तानका प्रथम राष्ट्रपति इल्बासी नुरसुल्तान नजरबायभ

११. केन्याका राष्ट्रपति उहुरु केन्याता

१२. किर्गिज रिपब्लिकका राष्ट्रपति सुरोनबाई झेन्बेकोभ

१३. लाओस पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राष्ट्रपति बोउन्हाङ भोराचिथ

१४. मंगोलियाका राष्ट्रपति खाल्त्मागिन बातुल्गा

१५.मोजाम्बिकका राष्ट्रपति फिलिप जासिन्तो न्यूसी

१६. नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी

१७. रुसका राष्ट्रपति भ्लादमिर पुटिन

१८. फिलिपिन्सका राष्ट्रपति रोड्रिगो रोआ डुतेर्ते

१९. पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसा

२०. सर्बियाका राष्ट्रपति अलेक्सेन्डर भुकिक

२१. स्वीस राष्ट्रपति उयली माउरर

२२. ताजिकिस्तानका राष्ट्रपति इमोमाली राहमोन

२३. उज्बेकिस्तानका राष्ट्रपति साभ्काट मिर्जियोयभ

२४. युएईका उपराष्ट्रपति तथा प्रधानन्त्री एचएच सेख मोहम्मद बिन रसिद अल माक्तोउम

२५. अष्ट्रियाका चान्सलर सेबास्तियन कुर्ज

२६. कम्बोडियाका प्रधानमन्त्री हुन सेन

२७. इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलि

२८. हेलेनिक रिपब्लिकका प्रधानमन्त्री एलेक्सिस सिप्रास

२९. हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टर

३०. इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टे

३१. मलेसियाका प्रधानमन्त्री महाथिर बिन मोहम्मद

३२. म्यानमारका स्टेट काउन्सिलर युङ सान सु क्येई

३३. पाकिस्तानका प्रधानमन्त्री इमरान खान

३४. पपुवा न्युगिनीका प्रधानमन्त्री पिटर ओ निल

३५. सिंगापुरका प्रधानमन्त्री ली सियन लुङ

३६. थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–छा

३७. भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक

३८. इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्ला थत

यो पनि पढ्नुहोस् :  बीआरआईको ३८ बुँदे घोषणामा के छ ? (पूर्ण विवरण)

यो पनि पढ्नुहोस् : बीआरआईको अनुसुचीमा समेटिएका ६४ परियोजना र कार्यक्रमको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment