Comments Add Comment

डेढ क्विन्टल सुनले बनेको बाथटब, १ घण्टा नुहाउन ५ हजार

काठमाडौं । पैसा हुनेहरुका लागि के छैन यो दुनियामा ? रकम खर्चिने हो भने अब सुनको बाथटबमा समेत नुहाउन पाइने भएको छ ।

जापानको एउटा रेष्टुरेन्टले ग्राहकहरुलाई लग्जरी महसूस गराउनका लागि सुनको बाथटब जडान गरेको छ ।

सो विशेष बाथटब १३० सेमी चौडा र ५५ सेमी गहिरो रहेको छ । करीब डेढ क्विन्टल अर्थात् १५४.२० किलो सुनको प्रयोग गरी उक्त बाथटब बनाइएको छ । उक्त बाथटबमा एक पटकमा एक जोडीले मज्जाले नुहाउन सक्दछन् ।

नागासाकी सहरस्थित जापान हट स्प्रिंग रिसोर्टमा उक्त सुनको बाथटब बनाइएको हो । सो बाथटब बनाउन करिब ८ महिनाको समय लागेको थियो भने करिब ८० करोड रुपैयाँ बराबरको रकम खर्च भएको थियो ।

उक्त बाथटब निर्माता हुइस टेन बचका अनुसार यो दुनियाकै पहिलो सुनको बाथटब हो । यसमा १८ क्यारेटको सुन प्रयोग गरिएको छ ।

यो बाथटबमा नुहाउनका लागि १ देखि १० घण्टासम्म बुकिङ गर्न सकिन्छ । यसका लागि प्रतिघण्टा ५४ सय यान अर्थात् झण्डै ५ हजार रुपैयाँ बराबरको रकम तिर्नु पर्दछ ।

उक्त रिसोर्टका अनुसार चीन र दक्षिण कोरियाबाट आउने पर्यटकलाई लक्षित गरी सो बाथटब बनाइएको हो किनकी चिनियाँ र कोरियाली पर्यटकले विशेष बाथटबको माग गर्दछन् ।

यो बाथटबले उदघाटनकै दिन दुनियाकै पहिलो सुनको बाथटबको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment