Comments Add Comment

उपाधि जिताएका कप्तान भन्छन् – अवस्था फरक भए पनि जित्यौं

१६ वैशाख, काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीका कप्तान विशाल बिक्रम केसीले नेपाल र थाइल्याण्डको पिचको अवस्थामा धेरै नै फरक परे पनि आफूहरुको मेहनत सफल भएको बताएका छन् ।

फाइनलमा मलेसियलाई ५९ रनले हराएर उपाधि जितेको नेपाली टोलीका लागि पिचको अवस्थाले ब्याटिङ बुझेर गर्न कठीन रहेको उनको भनाइ छ ।

पाँच खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिएका कप्तान केसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत चुनिएका थिए ।

‘हामी सबै नयाँ खेलाडी थियौँ । आत्मविश्वास भने राम्रो थियो । यो पटक हाम्रो मेहनत अनुसारकै नतिजा आएकोले खुशी छौँ’ उनले भने ।

प्रशिक्षक भन्छन् – अझै खेलाउनु पर्छ

नेपाली टोलीका प्रशिक्षक बसन्त शाही पनि युवा खेलाडीको प्रदर्शनले आफू खुशी रहेको बताएका छन् ।

‘नेपाल क्रिकेट संघ (क्यान) नभएको अवस्थामा पनि नेपाली क्रिकेटले पाइरहेको उपलब्धी ठूलो छ । खेलाडीको मेहनतको बलमा मात्रै हामी अगाडि बढ्नु परिरहेको छ । यस्तो अवस्थामा पनि यो नतिजा ठूलो कुरा हो’ उनले भने ।

क्रिकेटको विकासका लागि अझ खेलहरु खेलिरहने मौका पाउने हो भने भविष्य राम्रो रहेको बताउँदै उनले भने, ‘सबै खेलाडीको मेहनतले पाएको उपलब्धीमा हामी सन्तुष्ट छौँ । तर केही प्रतियोगिता मात्रैले नेपालको क्रिकेट सुध्रिदैन । वास्तविक क्रिकेट सुधार्न धेरै भन्दा धेरै खेल खेलाउन आवश्यक छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment