Comments Add Comment

बालुवाटार जग्गा प्रकरणमा देउवा र नेम्वाङको जुहारी

१६ वैशाख, काठमाडौं । संसदको बजेट अधिवेशनको पहिलो दिन नै बालुवाटारको जग्गा प्रकरणमा सरकार र विपक्षीको जुहारी चलेको छ ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारमाथि बालुवाटारको जग्गा प्रकरण ढाकछोप गर्न लागेको आरोप लगाए । बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

उनले भने, आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, जनअपेक्षा पूरा गर्न अग्रसर होस्, मेरो शुभकामना छ ।’

त्यसपछि सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई जवाफ दिएका छन् ।

विपक्षी दलका नेताले सार्वजनिक जग्गा अतिक्रमणको मुद्दा उठाउँदा सकरारको हात बलियो भएको उनले बताए । नेम्वाङले भने, सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैन । कसैले पनि अतिक्रमण गर्न दिइँदैन । यो सरकार र प्रधानमन्त्रीको प्रतिवद्धता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment