Comments Add Comment

सुनिता दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा

१६ वैशाख,काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार अमेरिकाको फर्च्यून म्यागेजिनले यस वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीभित्र परेकी छन् ।

मानव बिचेबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत रहेकी दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा परेकी हुन् ।

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा समेटेको छ । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले सूचीमा परेको म्यागेजिनले जनाएको छ ।

शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित हुन् । १४ वर्षको उमेरमा भारतको बेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि मुक्त हुन सफल भएकी थिइन् । उनी र चरिमाया तामाङलगायतको अगुवाइमा शक्ति समूह गठन भएको हो ।

नेपालबाट बर्सेनी करिब १५ हजार किशोरी बेचबिखन हुने र उनीहरूलाई तस्करी गरी भारतलगायत मुलुकमा यौन व्यापारमा लगाइन्छ ।

शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको म्यागेजिनमा उल्लेख छ ।

विश्वका ५० नेतृत्वदायी सूचीमा न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डन, बिल गेट्स पत्नी मेलिन्डासहित परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment