Comments Add Comment

ग्लोबल आइएमई बैंकको १३७औं शाखा माडीमा

काठमाडौं । ग्लोबल आईएमई बैङ्कले सोमबार प्रदेश ३ को सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसँगै बैङ्कका शाखा कार्यालय १३७ पुगेका छन् ।

सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैङ्किङ सेवा प्रदान बैङ्कले जनाएको छ ।

बैङ्कले १३७ ओटा शाखा, १५ ओटा राजस्व सङ्कलन काउन्टर, १४२ एटीएम, १० ओटा एक्सटेन्सन काउन्टर तथा १३१ शाखारहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment