Comments Add Comment

एन्फाले वैैशाख २२ गते ‘एन्फा दिवस’ मनाउने

११ विधामा अवार्ड

१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्ष वैशाख २२ गते ‘एन्फा दिवस’ मनाउने भएको छ ।

एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख २२ गते एन्फा दिवस बनाउने घोषणा गरेको हो । प्रवक्ता किरण राईले एन्फाको स्थापना मिति ठ्याक्कै थाहा नभएको हुँदा वैशाख २२ गतेलाई एन्फा दिवस मनाउने निर्णय गरेको बताए । उनले भने, ‘अब प्रत्येक वर्षको वैशाख २२ गते एन्फा दिवस मनाउने निर्णय भएको छ ।’

एन्फामा कर्माछिरिङ शेर्पा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको मितिलाई एन्फा दिवसको रुपमा मनाउन लागिएको हो । दिवसको अवसरमा एन्फाले विभिन्न ११ विधामा खेलाडी, प्रशिक्षक, क्लब, जिल्ला फुटबल संघ तथा रेफ्रीलाई अवार्ड वितरण गर्ने भएको छ ।

स्पेसल कन्ट्रिब्युसन प्लेयर अवार्ड महिला÷पुरुष, बेष्ट प्रशिक्षक अफ द इयर, बेष्ट जिल्ला फुटबल संघ अफ द इयर, बेष्ट फुटबल क्लब अफ द इयर, लाइफटाइम अचिभमेन्ट अवार्ड र बेष्ट प्रोफेसनल नेपाली प्लेयर इन इन्टरनेशनल एरिनामा गरी एन्फाले अवार्ड दिने निर्णय गरेको छ ।

त्यस्तै, स्वर्गीय मणिविक्रम शाहको नामबाट इमर्जिङ प्लेयर अवार्ड महिला र पुरुष गरी दुई विधामा वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वर्गीय रुपकराज शर्माको नामबाट बेष्ट रेफ्री अफ द इयर महिला र पुरुष गरी दुई विधामा दिने निर्णय गरेको छ ।

एन्फाका प्रवक्ता राईले केही अवार्डमा नगदसहित मोटरसाइकल वितरण गर्ने जानकारी दिए । तर पनि कुन अवार्डमा कति रकम र कस्तो मोडलको मोटरसाइकल भन्ने टुंगो नलागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment