Comments Add Comment

‘छ माया छपक्कै’मा केकीले दिपकलाई भगाइन्

चलचित्र ‘छ माया छपक्कै’को औपचारिक घोषणा भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको टिमले नायिकको रुपमा केकी अधिकारीलाई अनुवन्धित गरेको जानकारी समेत दिएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

दिपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन रहनेछ । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फाइनल भएका छन् । अन्य कलाकार फाइनल हुन बाँकी रहेको जानकारी गराइयो ।

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा दिपेन्द्र लामाको कथा, दिपकराज गिरीको पटकथा छ । चलचित्र ‘छ माया छपक्कै’ले आधुनिक यूवती र सोझो यूवकको कथालाई प्रस्तुत गर्ने वुझिएको छ । कार्यक्रममा चलचित्रका मुख्य ४ कलाकारले अभिनय गरेका थिए ।

दिपकराज गिरीलाई भगवाने केकी र दिपकराजलाई बचाउन खोज्ने जितुको प्रहसन रोचक थियो । केदार घिमिरेलाई सीडीओको भूमिकामा देख्न सकिनेछ । चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ भने दशैंमा चलचित्र रिलिज हुनेछ । यसपटक, चलचित्रको मुनाफाको आधा प्रतिशत दिपकराज गिरी र उनको टिमलाई दिने सहमती गर्दै रोहितले एकल लगानी गर्न लागेका हुन् । चलचित्रमा दिपाश्री निरौलालाई सल्लाहाकार निर्देशक भनेर परिचय गराइएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रका कलाकार दिपकराज गिरीले आफ्नो टिममा सबै जना सेरोमोनियल र सबै जना कार्यकारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment