Comments Add Comment

नेत्रबहादुरले ठेकदारबाट फिर्ता पाए ११ लाख

१६ वैशाख काठमाडौं । ११ लाख खर्चेर खुल्लामञ्चमा सटर किनेका दोलखाका नेत्रबहादुर खत्रीले आफ्नो पैसा फिर्ता पाएका छन् । सरकारले डोजर चलाएर सटर भत्काइदिएपछि उनको लगानी संकटमा परेको थियो ।

खुल्लामञ्च क्षेत्रमै फुटपाथ ब्यापार गर्ने खत्रीले ठेकदारले अवैधरुपमा बनाएको सटरमा फलफूल र कपडा पसल गर्न ठेकदार मनोज भेटवाललाई दुईपटक गरेर ११ लाख नगद बुझाएका थिए ।

सटरमा बस्न थालेको १४ औं दिनमा खुल्लामञ्च अतिक्रमणमा परेको भन्दै सरकारले डोजर लगाएर टहराहरु भत्काइदिको थियो ।

दुई दशकदेखि फुटपाथमा व्यापार गर्दै आएका ५५ वर्षीय खत्रीसँग कुराकानी गरेर आइतबार अनलाइनखबरले फिचर समाचार लेखेको थियो ।

यो पनि पढ्नुहोस फुटपाथबाट उठ्न खोज्दा खुलामञ्चमा पछारिए नेत्रबहादुर

अनलाइनखबरमा समाचार छापिएपछि ठेकदार मनोज भेटवालका भाइ भैरव भेटवालले आफूलाई भेटेर पैसा लिन अफिसमा बोलाएको खत्रीले बताए ।

उनले खुशी हुँदै भने, ‘ऋण गरेर जुटाएको पैसा डुब्ने भो भनेर असाध्यै डर लागेको थियो । तर, फिर्ता पाइयो । जे होस् ठेकेदारबाट धोका भएन ।’

पैसा फिर्ता दिनुअघि भैरव भेटवालले आफूसँग एकप्रति नागरिकताको फोटोकपी र एउटा फोटो मागेको खत्रीले सुनाए ।

उनका अनुसार भेटवालले रकम फिर्ता लिएको व्यहोरामा हस्ताक्षरसमेत गराएका छन् ।

पैसा लिन आफू एक्लै भेटवालको अफिसमा पुगेको खत्रीले बताए । अरु पीडितहरुले पनि पैसा फिर्ता पाउन थालेको आफूले सुनेको भए पनि नदेखेको उनको भनाइ छ ।

नेत्रबहादुरले ११ लाख पाएलगत्तै सबै ऋण चुक्ता गरेका छन् । र, फेरि पनि फुटपाथ व्यापारमै फर्किने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment