Comments Add Comment

अनेसास जापानको स्वर्ण शृङ्खला, पिपिरीको विमोचन

जापान/ अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान च्याप्टरले आफ्नो स्वर्ण शृङ्खला आइतबार टोकियोमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालबाट कवि/गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज बसन्तलाई अतिथिका रूपमा निम्त्याइएको थियो ।

कार्यक्रममा नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टि पनि विमोचन गरेको थियो ।

कार्यक्रममा बोल् अनेसासका पूर्वअध्यक्ष बेलुकाजी थापाले संस्था यहाँसम्म आइपुग्नुमा सबैको सहयोग रहेको बताए । ‘त्यतिबेला एउटा होटलको टेबलको कोठाबाट सुरु भएको यात्रा हो अनेसासको’ विगतका दिन सम्झिँदै भने- ‘हामीले कैयौं शृङ्खला चार पाँचजना मात्रैले पनि चलायौं तर मर्न दिएनौं ।’

आफूले बीउ राखे पनि संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै कृतज्ञता प्रकट गरे ।

केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले केन्द्र र च्याप्टरको बीचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफूले भूमिका खेल्ने पनि बताए ।

यस्तै सल्लाहकार तिलक मल्ल, सुस्मा ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेल लगायतले अनेसासले गरेका विभिन्न यात्राबारे आफ्ना अनुभूति सुनाएका थिए ।

लोकार्पित कृतिमाथि बोल्दै प्रमुख अतिथि रमेश पौडेलले पिपिरी बाल्यकालीन दिनको सुन्दर चित्रण भएको बताए ।

लेखक बसन्तले आफू अरबमा बसेर मुदिर लेखेको स्मरण गरेका थिए । ‘एउटा लेखक लेखेरै पनि देश विदेश घुम्न सक्छ’ उनले लेखन यात्राबारे आफ्ना अनुभव सुनाउँदै भने- ‘मेरो सपनाको देश थियो जापान । पहिले विद्यार्थी भिसामा आउन कोसिस गरें तर सकिनँ । पछि कुक भिसा निस्कियो । तर म अरब बसेर श्रम गरिसकें । अब जापान गएँ भनेँ घुम्न जान्छु भन्ने सोचेको थिएँ । त्यही सपना अनेसासले पूरा गरिदियो ।’

संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता रहेको बताए ।

स्वर्ण शृङ्खलाकै सन्दर्भ पारेर समग्र संस्था र जापानको साहित्यलाई सहयोग गरेका पूर्वअध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा दुई दर्जन स्रस्टाले रचना वाचन गरेका थिए ।

यस्तै ‘अनेसास जापान- सिटी एक्सप्रेस’ कविता प्रतियोगिताको नतिजा घोषणा गरी स्रस्टाहरू सबिना रेग्मी, शरद पोख्रेल र दीप मुस्कानलाई समान रूपमा नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम रवीन शर्माले सन्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment