Comments Add Comment

हतकडी र बलपूर्वक अनुसन्धान हुन सक्दैन : माहान्यायाधिबक्ता खरेल

१७ वैशाख, गुल्मी । माहान्यायाधिबक्ता अग्निप्रसाद खरेलले फौजदारी कसुरमा आरोपितहरुको हतकडी लगाएर र बलपूर्वक अनुसन्धान हुन नसक्ने बताए ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यलय गुल्मीको नवनिर्मित भबनको उदघाटन गर्दै खरेलले घटनाहरुमा बलपूर्वक र हतकडी लगाएर अनुसन्धान हुन नसक्ने बताएका हुन् ।

उनले यातना दिएर बयान लिने समयको अन्त्य भएको बताए । सरकारी वकिल कार्यलयमा पीडितमैत्री कक्ष भएकाले पीडित साक्षी कक्षमा बसी शान्त रुपमा छलफल गर्नु पर्ने बताए ।

अनुसन्धानका क्रममा बयान लिदाँ आत्तिनु पर्ने अबस्था नहुने उनको भनाइ छ ।

महान्यायाधिबक्ता खरेलले संबिधानले नागरिकका धेरै अधिकारहरु सुनिश्चित गरेको भन्दै यसलाई कार्यान्वयन गर्नु पर्ने बताए । खरेलले आगामी चारवर्ष भित्रै सबै सरकारी वकिल कार्यालयहरुमा नयाँ भबनहरु बनाउने आश्वासन दिए ।

नयाँ भबनहरुमा पीडितमैत्री कक्ष र सुबिधा सम्पन्न निवास हुने उनले बताए । सरकारी वकिल सरुवा भएर जादाँ आवासका लागि बिगतमा आएका समस्याहरुको अन्त्य गर्ने गरी सुबिधा सम्पन्न भवनहरु निर्माण गर्ने उनको भनाइ छ ।

नवनिर्मित आवाससहितको सरकारी बकिल भवन २ करोर ९ लाख ९४ हजार २३७ रुपैयाँ १४ पैसामा बाँसुरी सुनिल समिर जेभीले निर्माण कार्य सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment