Comments Add Comment

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने घिमिरे रिहा

१७ वैशाख, बुटवल । बुटवलको जितगढीमा वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रिहा भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले घिमिरेलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरण रीट जारी गरेपछि उनी रिहा भएका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालयमा १० दिन थुनामा राखिएको थियो । बुटवल उपमहानगरपालिका १ मा वैशाख ७ गते प्रधानमन्त्रीले भाषण गरिरहेका बेला कालो झण्डा देखाउँदा देखाउँदै घिमिरे पक्राउ परेका थिए ।

घिमिरेलाई थुनामा राख्दा संवैधानिक तथा कानुनी रुपमा संरक्षित अभिव्यक्ति स्वतन्त्रता एवं मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै महेश डंगोलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए ।

मंगलबार सर्वाेच्चमा घिमिरेको पक्षमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी र डा. नारायणप्रसाद घिमिरे तथा अधिवक्ताहरु अनन्तराज लुईंटेल र विकास भट्टराईले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment