Comments Add Comment

७३ लाख रुपैयाँको ‘आइस डग्स’सहित ६ जना पक्राउ

१७ वैशाख, काठमाडौं । प्रहरीले काठमाडौंको छाउनीमा रहेको ‘द फुड हेवन रेस्टुरेन्ट’बाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स महाशाखाबाट खटिएको टोलीले विशेष सूराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पक्राउ पर्नेमा बालुवाटारका सरोज सिलवाल, काभ्रेका सुजन तामाङ, थापाथलीका दिपेन्द्र श्रेष्ठ, कालिमाटीका शिशिर काले भनिने अनिल भुजेल, सिनामंगलका रञ्जित तिवारी र कालिमाटीका नविन मानन्धर छन् ।

उनीहरुको साथबाट आइस ड्रग्स भनेर चिनिे मेथा फेटामाइन ७ सय ४४ ग्राम बरामद भएको हो । अनुसन्धान अधिकारीका अनुसार हाल यो लागूऔषध प्रति ग्राम १० हजार रुपैयाँको दरले विक्री भइरहेको छ ।

उनीहरुको साथबाट बा ९१ प १९६७ नम्बरको स्कुटर, नगद १ लाख ७६ हजार, विभिन्न कम्पनीको मोबाइल र आइस ड्रग्स प्रयोग गर्न चाहिने पाइप ४५ वटा, प्लाष्टिकको भाडो, डिजिटल मेसिन लगायत बरामद गरेको छ ।

थप अनुसन्धान जारी रहेको ज्ञवालीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment