Comments Add Comment

प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको कांग्रेसको आरोप

१७ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यायाधीश बन्ने लोभ नगर्न आग्रह गरेको छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका थिए । सरकार र नेकपालाई कमजोर बनाउने पौडेलबारे भ्रम छरेको उनको दाबी छ ।

पौडेलले पनि बालुवाटारमा ८ आना जग्गा किनेको तर, सरकारी जग्गा व्यक्तिको नाममा लैजान आफ्नो भूमिका नभएको स्पष्टीकरण दिएका छन् ।

तर, कांग्रेसले भने प्रधानमन्त्रीले अमुख व्यक्तिको वकालत गर्न गलत भएको बताएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने प्रचारहरुप्रति सजगताका लागि अपिल गर्दछौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले संसदमै बोलेर बालुवाटार जग्गा प्रकरण उठाइसकेको अवस्थामा फेरि विज्ञप्ति जारी गर्नु भएछ नि भन्ने प्रश्नमा प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले संसदीय दलमा बोल्नु भएछ नि ।’

बाइडवडी प्रकरणमा पनि प्रधानमन्त्रीले यसरी नै अमुख व्यक्ति निर्दोष हो भनेको स्मरण गर्दै शर्माले भने, ‘प्रधानमन्त्री प्रधानमन्त्री रहनुस्, न्यायाधीश नबन्नुस् । प्रधानमन्त्रीले अमुख नेताको एड्भोकेसी गरेको सुहाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment