Comments Add Comment

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

१७ वैशाख, काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।

मंगलबार भएको फाइनलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउदै एपीएफले लगातार पाँचौ पटक उपाधि उचालेको हो । एपीएफले आर्मीलाई २५–१४, २९–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो ।

एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७ अंक, ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकी थिइन् । फाइनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पु¥याएकी थिइन् । एपीएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९÷९ अंक जोडिन् । उपविजेता बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक, सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

प्रतियोगिताको तेस्रो स्थान न्यृडायमण्डले जितेको छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो ।

विजेता एपीएफले नगद २ लाखसहित ट्रफि हात पा¥यो । त्यस्तै, उपविजेता बनेको आर्मीले १ लाख नगद प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment