Comments Add Comment

श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्दैछौं : प्रचण्ड

१८ वैशाख, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

१३० औं विश्व मजदुर दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको उल्लेख गरेका छन् ।

‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’, प्रचण्डले जारी शुभकामना सन्देशमा लेखेका छन् ।

देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता भएको प्रचण्डको मत छ । यसका लागि उनले नेपाली श्रमिक वर्ग एकतावद्ध भएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई पार्टी तथा सरकारले प्राथमिकतामा राखेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गर्दै हरेक वर्ष विश्वभरका श्रमिकहरुले दिवस मनाउने गरेका छन् । नेपालमा पनि विविध कार्यक्रम गर्दै श्रमिकहरुले आज दिवस मनाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment