Comments Add Comment

तस्करले तालिम दिएको सुगा गिरफ्तार

Photo Credit : Mike Pitts/BBC

काठमाडौं । उत्तरी ब्राजिलमा प्रहरीले एउटा सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो ।

तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै उसले ‘पुलिस पुलिस’ भनेर चिच्याएर जानकारी दिन्थ्यो । जसका कारण तस्करहरु पुलिसबाट बँच्न सफल हुन्थे ।

तर उक्त सुगा आफ्नो ड्रग तस्कर मालिकप्रति यतिधेरै आज्ञाकारी र बफादार थियो कि आफ्नो गिरफ्तारी पछि पुलिसको लाखौँ कोसिसपछि पनि चुँ बोल्दैनथ्यो ।

पुलिस अधिकारीहरुको एक टोलीले सोमबार पियाउ स्टेटमा ड्रग तस्करीसँग सम्बन्धित इलाकामा छापा मारेको थियो । त्यसबेला पनि उक्त सुगाले ‘पुलिस पुलिस’ भनेर चिच्याउँदै मालिकहरुलाई भगाउने कोसिस गरेको थियो । तर पुलिस तस्करहरुलाई समाउन सफल भयो । प्रहरीले तस्करसँगै उक्त सुगालाई पनि पक्राउ गर्यो ।

पुलिस आउनुअघि पुलिस पुलिस भनेर चिच्याउने त्यो सुगा पक्राउपछि पुलिससँग भने केही बोलेको छैन । ऊ पूरै चुप छ ।

अन्ततः पुलिसले उक्त लागु औषध तस्करको मतियार सुगालाई स्थानीय चिडियाखानामा पठाएका छन् । चिडियाखानामा उक्त सुगा तीन महिनासम्म बस्नेछ । त्यहाँ उसलाई उड्न सिकाइनेछ र स्वतन्त्र छाडिनेछ ।

ब्राजिलमा लागु औषध तस्करहरुले पशुपंक्षीको प्रयोग गरेको यो पहिलो पटक होइन ।

यसअघि तस्करीमा धेरैजसो सरीसृपको प्रयोग गरिएको हुन्थ्यो । सन् २००८ मा पश्चिमी रियो दी जेनेरियोमा तस्करहरुले प्रयोग गरेका दुईवटा घडियाल गोही प्रहरीले पक्राउ गरेको थियो । तस्करहरुले आफूले हत्या गरेका मान्छेको लास ती गोहीलाई खुवाउने गरेका थिए ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment