Comments Add Comment

६ लाख चोरेर भाग्दाभाग्दै युवक पक्राउ

१८ वैशाख, काठमाडौं । प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

लालबहादुर राईको घरको पहिलो तलामा रहेको कार्यालयको ढोका फुटाई दराजको सेफभित्र राखेको ६ लाख रुपैयाँ झिकेर भागेका उनलाई स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका घर भई अनामनगर नै बस्दै आएका राई यसअघि पनि पटक पटक चोरीको सामानसहित पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन् । ल्यापटप चोरी गरेको मुद्दामा २ वर्ष जेल बसेर छुटेका उनी छुटेको एक महिनामै फेरि पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीमाथि महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment