Comments Add Comment

माइक्रोसँग ठोक्किएको मोटरसाइकललाई ट्रकले किच्दा २ जनाको मृत्यु

Photo Credit : दुर्घटना जनाउने फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा पृथ्वी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । माइक्रोबससँग ठोक्किएकर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रोबससंग ठोक्किन पुग्यो ।

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षका राज महर्जन र ३० वर्षका कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हाल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । माइक्रोबस र ट्रक चालक दुबैलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment