Comments Add Comment

राजेन्द्र महतोलाई प्रधानमन्त्रीको प्रश्न : नाकाबन्दी गरेर विकास हुन्छ ?

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा कसैले गर्न नसकेको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कतिपयलाई केही पनि भएन भन्ने आदत लागेको बताए । उनले भने, साच्चै केही नभएको हो र ? होइन । इतिहासमै कहिल्यै नभएको काम भएको छ ।’

कमजोरी भए आलोचना गर्न पाइने तर जनताले कस्तो मान्छन् भन्ने ख्याल गर्न आग्रह गरे ।

ओलीभन्दा अगाडि बोलेका राजेन्द्र महतो लगायतका नेताहरुले सरकारको आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले भने, राजेन्द्रजीलाई सीमामा नाकाबन्दी गरेर डिजेल पेट्रोल रोकेर नेपालको विकास हुन्छ ? भनेर सोध्न सक्थे तर, सोध्दिनँ ।’

सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले सबै दलहरुलाई मिलेर काम गर्न आहृवान गरे । मजदुर संगठनहरु एक भएर कार्यक्रम गरेको भन्दै उनले दलहरुले पनि यसबाट सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment