Comments Add Comment

हुरीको बितण्डा : रुख भाँचिए, छाना उडे

१९ वैशाख, काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले बुधबार साँझ वर्षासहित आएको हावाहुरीले केही स्थानमा क्षति पुर्याएको छ । पोखरा हुँदै काठमाडौंसम्म आएको हुरीले काठमाडौं उपत्यकासहितका जिल्लामा क्षति पुर्‍याएको हो ।

प्रारम्भिक विवरणअनुसार काठमाडौंको बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै रुख भाँचिदा बा ४ च १२३ नम्बरको गाडीमा क्षति पुगेको छ । नयाँ बानेश्वर क्षेत्रमा सडक किनारमा पार्किङ गरिएका केही मोटरसाइकल पल्टिएका थिए ।

हावाहुरीकै कारण रुपन्देहीको बुटवल र चितवनको मुग्लिनका केही घरहरुमा पनि क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

‘पोखराको स्थानीय वायु र पश्चिमी वायुको प्रभाव’

कार्यालयबाट घर फर्किइरहेकाहरु मात्र होइन, साँझको बेला घुम्न र किनमेल गर्न बाहिर निस्किएकाहरु हावाहुरीसहितको वर्षाको चपेटामा परेका थिए । हुरी चलेपछि बजार क्षेत्रका सञ्चालकहरुले सटर बन्द गरेका थिए भने फुटपाथका व्यापारीहरुलाई आफ्ना सामान सम्हाल्न आपत परेको थियो ।

पोखराको स्थानीय वायु र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा हावाहुरी चलेको मौसमविदले बताएका छन् । हावाहुरी रूपन्देही, चितवन, धादिङ, काठमाडौं, नुवाकोट हुँदै उत्तरपूर्वी भूभागतिर सरेको मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment