Comments Add Comment

गोप्य सूचना चुहाएको आरोपमा बेलायती रक्षा मन्त्री बर्खास्त

१९ वैशाख, काठमाडौं । बेलायती रक्षामन्त्री गभिन विलियम्सन पदबाट बर्खास्तीमा परेका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो ।

बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ ।

विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ । प्रधानमन्त्री टेरिजा मेले अध्यक्षता गरेको उक्त बैठकमा फाइभजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो । तर, संवेदनशील विषयमा भएको छलफल सञ्चार माध्यममा चुहियो । हुवावेका उपकरणको प्रयोगले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने अमेरिकालगायत देशको चेतावनीका माझ फाइजी नेटवर्क सञ्चालन गर्न पहुँच दिएको खबर द डेली टेलिग्राफमा प्रकाशित भएको थियो । जसमा रक्षा मन्त्री विलियम्सनको संलग्नता भेटिएको प्रधानमन्त्रीको भनाइ छ । र, उनलाई यही अभियोगकै बीच पदबाट हठात बर्खास्त गरिएको छ ।

गोप्य सूचना चुहाउनुका साथै कतिपय छानबिनमा असहयोग गरेको आरोप पनि बेलायती प्रधानमन्त्रीले लगाएकी छन् ।

तर विलियम्सनले आफूमाथि लगाइएका सबै अभियोग इन्कार गरेका छन् । विधिपूर्वक आफूलाई हटाउन सकिने भए पनि प्रक्रिया मिचेर हटाइएको आरोप उनको छ ।

रक्षामन्त्री पदबाट बर्खास्त भएसँगै अब उक्त ठाउँमा नयाँ अनुहारले अवसर पाउने भएका छन् । बीबीसीका अनुसार, पेनी मोर्डन्टले अब रक्षा मन्त्रीको भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment