Comments Add Comment

रुपन्देहीका चार स्थानमा आगलागी, ६ घर जले

१० घण्टासम्म विद्युत आपूर्ति बन्द

Photo Credit : प्रतीकात्मक तस्वीर

१९ वैशाख, बुटवल । हावाहुरीका कारण रुपन्देहीका चार स्थानमा आगलागीका घटना हुँदा ६ घर जलेर नष्ट भएका छन् । यसैगरी झण्डै १० घण्टासम्म विद्युत आपूर्ति बन्द भएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका ४ सूर्यपुरा ठाकुरापुरमा आगलागी हुँदा ६ घर जलेको प्रहरीले जनाएको छ । हनुमान कलवारको गहुँ काटेर थुपारिएको छ्वालीबाट फैलिएको आगोले स्थानीयका ६ घर जलेका हुन् । खरले छाएका घर जल्दा अन्नपात र भाँडाकुँडा नष्ट भएका छन् । आगोमा जलेर तीनवटा बाख्रासमेत मरेका छन् ।

दमकलको सहयोगमा प्रहरी र स्थानीयबासीले राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिएका थिए । आगोले पुर्‍याएको क्षतिको पूर्णविवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी भैरहवाको वसन्तपुर र तिलोत्तमाको मंगलापुरमा पनि गहुँ काटेका खेतहरुमा राति आगलागी भएका छन् । आगो वस्तीमा फैलिन नदिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

यसैगरी ओमसतिया गाउँपालिका– २ मा पनि स्थानीयको परालको टौवा र बाँसघारीमा आगलागी भएको प्रहरीले जनाएको छ । ती सबै आगलागीका घटना गएराति नै नियन्त्रणमा लिइएको बुटवल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment