Comments Add Comment

प्रदेश १ को नाम र राजधानीमा अझै सहमति जुटेन, संसद् बैठक स्थगित

१९ वैशाख, विराटनगर । प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा मतैक्यता हुन नसकेपछि आजका लागि तय बैठक स्थगित भएको हो ।

प्रदेश २ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेको छ ।

प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन नेकपाको बुधबारदेखि बैठक बसिरहेको छ । आज पनि बिहानैदेखि यसबारे निर्णय लिन बैठक भइरहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment