Comments Add Comment

कसजुलाई ‘राष्ट्रिय बाल साहित्य पुरस्कार’

१८ वैशाख, काठमाडौँ । बाल साहित्यकार विनयकुमार कसजुलाई रु एक लाख राशिको राष्ट्रिय बाल साहित्य पुरस्कार प्रदान गरिएको छ । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले उनलाई पुरस्कारसहित सम्मान गरेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच शताब्दी पुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाएर उनलाई पुरस्कार प्रदान गरे । कार्यक्रममा १०० वर्ष प्रवेश गर्न लागेका अवसरमा शताब्दी पुरुष जोशीलाई दोसल्ला ओढाएर कदरपत्रले अभिनन्दन गरिएको थियो ।

उनलाई गुठीका अध्यक्ष प्रा डा चूँडामणि बन्धुले अभिनन्दन गरेका थिए । गुठीले लुम्बिनी अञ्चलस्तरीय लोकगायक पुरस्कारबाट नवलपरासीका तेजबहादुर केसी, राष्ट्रिय लोकगायक नवप्रतिभा पुरस्कारबाट बाग्लुङका निरु श्रीष र लुम्बिनी अञ्चलस्तरीय साहित्य नवप्रतिभा पुरस्कारबाट रुपन्देहीका अस्मित रेग्मीलाई सम्मान गरेको थियो ।

उक्त पुरस्कारको राशि क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ । शताब्दी पुरुष जोशीले संस्थापक स्व गङ्गा राणा र नूरप्रताप जबराको योगदानका बारेमा चर्चा गर्दै यस्तो सम्मानले कलाकार तथा साहित्यकारलाई हौसला मिल्ने बताए ।

प्रतिभा मूल्याङ्कन समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले पुरस्कृत व्यक्तिका बारेमा जानकारी गराएका थिए । उनले एक शताब्दीको सिङ्गो साछी जोशीले समाजलाई मार्गनिर्देश गरी युवा जोशका साथ बाँच्नुको बेग्लै महत्व रहेको उल्लेख गरे । गुठीका संरक्षक अमीरप्रताप जबराले मातापिताको सदीक्षाबमोजिम गुठीलाई आगामी दिनमा अझै विस्तार गर्दै लैजाने बताए ।

विसं २०४९ मा लोक गायिका गङ्गा राणा र साहित्यकार नूरप्रताप जबराले गुठी स्थापना गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment