Comments Add Comment

‘दाल भात तरकारी’बारे हरिवंशः व्यवसायिक हो, तर गति छाडेका छैनौं

मह जोडीको फिल्म भन्नासाथै नेपाली दर्शकको एउटा हिस्सा हलमा जानका लागि खुट्टा उचालिहाल्छ । त्यसैको नतिजा हो, उनीहरुले बनाएका हरेक चलचित्रले व्यवसायिक सफलता पाएका छन् । साथै, महजोडीले पनि दर्शकलाई निराश पारेका छैनन् ।

मह संचारकै व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ भोली रिलिज हुँदैछ । यो यस वर्षकै एक प्रतिक्षित चलचित्र हो । दर्शकको अपेक्षामा चलचित्र कति खरो उत्रेको छ, भन्ने त हेरेपछि नै थाहा हुन्छ । तर, पक्कै पनि ट्र्याक रेकर्डका आधारमा यति भन्न स किन्छ कि चलचित्रले भरपुर मनोरञ्जन भने पक्कै गराउला ।

नेपालीहरुको विदेश मोहलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रमा हरिवंश आचार्यको कथा र पटकथा रहेको छ । आचायए भन्छन्, ‘अहिले विदेश जाने दुई किसिमको प्रवृत्ति छ । कोही गएर पैसा कमाएर फर्किन्छन् त कोही उतै सेटल हुन्छन् । हामीले दाल भात तरकारीमा नफर्किनेको कथा प्रस्तुत गरेका छौँ ।’

स्वदेशमा धेरै सम्पत्ती भएर पनि विदेशिन चाहनेहरुको जमात कम छैन । उनीहरुमध्ये धेरै विदेश पुगेपछि फेरि स्वदेश फर्किदैनन् । यही विषयलाई केन्ऽमा राखेर चलचित्र बनाइएको छ ।

‘यहाँ रहरले जाने धेरै छन् । गाउँमा भएको खेत-बारी बाँझो छोडेर विदेशी भूमिमा दुस्ख गर्न पुग्छन् । उनीहरुलाई नै केन्ऽित गरेर चलचित्र बनाइएको छ,’ हरिवंशले थपे ।

यस चलचित्रबाट कुनै किसिमको सन्देश नदिएको उनको भनाई छ ।  उनले भने, ‘सन्देश त जसले जहाँ पनि दिन सक्छ । चलचित्र सन्देशको लागि भनेर हेर्ने दर्शक पनि कमै छन् । हामीले यस चलचित्रबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछौँ ।’

हरिवंशका अनुसार यो पूर्णरुपमा व्यवसायिक चलचित्र हो । ‘हामीले पूर्ण रुपमा व्यावसायिक चलचित्र बनाएका छौँ । तर, व्यवसायिकताका नाममा गति छाडेका भने छैनौँ,’ हरिवंशले भने, ‘हामीले हाम्रो नाम र इज्जतलाई पनि ख्याल गरेर स्तरीय चलचित्र बनाएका छौँ ।’ यो चलचित्र सपरिवार बसेर हेर्ने खालको भएको हरिवंश बताउँछन् ।

कतिपयले ‘मह संचार’ले निर्माण गर्ने चलचित्र यथार्थमा हुनुपर्ने अपेक्षा गर्छन् । तर, यथार्थमा रहेर मात्र चलचित्र बनाउँदा दर्शकलाई मनोरञ्जनको डोज नपुग्ने हरिवंशको बुझाई छ । उनले भने, ‘टेलिसिरियलमा हामीले धेरै यथार्थ कुराहरुलाई उठाउथ्यौँ । तर, चलचित्रमा त्यसले मात्र पुग्दैन । त्यसैले केही कुरामा हामीले कम्प्रोमाइज पनि गरेका छौँ ।’ आफूहरुप्रतिको आशलाई निराश नपार्ने पनि उनले बताए ।

चलचित्र मेकरको पहिलो प्राथमिकता भनेको चलचित्रको व्यापार नै हुने हरिवंशको सोचाई छ ।

‘जो कोही मेकरको पनि पहिलो प्राथमिकता व्यापार नै हुन्छ । व्यापारिक रुपमा सफल भएमा मेहनत, इज्जत र लगानी सबै कुरालाई सन्तुलित गर्न सकिन्छ ।’ उनी भन्छन् ।

तर, यहाँ चलचित्र निर्माण गर्न धेरै गाह्रो भएको हरिवंशको अनुभव छ । उनी भन्छन्, ‘चलचित्र कसको लागि बनाउने भन्ने कुरामा नै कन्ˆयुज्ड छौँ । दर्शकको लागि बनाउँदा समिक्षकले नराम्रो भन्ने, समिक्षकलाई हरेर बनाउँदा लगानी सुरक्षित गर्न गाह्रो हुने । दाल भात तरकारी भने दर्शकलाई हेरेर निर्माण गरिएको छ । हामीले ट्र्याकमा राखेर नै चलचित्रलाई दर्शकको मन जित्ने बनाएका छौँ ।’

के चलचित्र व्यापारको लागि मात्रै बनाउने हो ? प्रश्न हरिवंशमा तेर्सियो । उनले ‘हैन’ भन्ने उत्तर पनि फर्काए । उनले भने, ‘चलचित्र भनेको मेकरले आत्मसन्तुष्टी र दर्शकको लागि बनाउने हो । दर्शकको लागि भन्दैमा स्तरहिन बनाउन पनि हुन्न । ताकि पछि आफूले बनाएको चलचित्र आफैँलाई हेर्न गाह्रो नहोस् ।’ हरिवंश आफू र दर्शक दुबैलाई चित्त बुझ्ने चलचित्र बनाउन पर्ने बताउँछन् ।

नेपाली चलचित्र क्षेत्रमा धेरै समय लगाएर राम्रो चलचित्र निर्माण गर्न सक्ने अवस्था नभएको उनले बताए । हरिवंशले भने, ‘हामीले धेरै सोचेर वा लामो समय लगाएर चलचित्र बनाउने हो भने धेरै हलहरु बन्द हुन सक्छन् । अझ भनौँ वषौर्ं लगाएर वा लामो समय दिएर व्यापारलाई मतलब नगरी चलचित्र बनाउने सामथ्र्य हामीसँग छैन ।’ अन्तर्राष्ट्रिय बजारलाई कब्जा नगरी त्यस प्रकारको चलचित्र बनाउन नसकिने हरिवंशको बुझाई छ ।

पछिल्लो समय नेपाली चलचित्रको व्यापार राम्रो छैन् । गत वर्षको व्यापारलाई हेर्ने हो भने आधा दर्जन चलचित्रले पनि आफ्नो लगानी सुरक्षित गर्न सकेनन् । ९५ भन्दा बढि चलचित्रको लगानी बालुवामा पानी बन्यो ।

चलचित्र लगतार असफल हुनुमा निर्माता आफैँ दोषी भएको हरिवंशले बताए । उनले भने, ‘यहाँ धेरै जना मिलेर रहरले मात्र चलचित्र बनाउनेको जमात बढेको छ । त्यसैले पनि चलचित्रको व्यापार खस्किएको छ । उनीहरुले बनाएको चलचित्रका कारण अन्य चलचित्र मेकरहरले पनि गाली खाइरहेका हुन्छन् ।’

यस क्षेत्रलाई बुझेका चलचित्र मेकरहरुले चलचित्र बनाए दर्शक बढ्नेमा विश्वस्त छन्, हरिवंश । उनी भन्छन्, ‘राम्रो मेकरले चलचित्र बनाए त्यो चलचित्र राम्रो बन्नेमा विश्वस्त छु । गुणस्तरिय चलचित्र बने दर्शक पनि बढ्नेछ ।’ यहाँ चलचित्रको स्तर छुट्याउन सकिने अवस्था नहुनु पनि ठुलो समस्या भएको हरिवंश बताउँछन् ।

नेपाली चलचित्रको अर्को समस्या भनेको हलिउड तथा बलिउडसँग प्रतिष्पर्धा पनि हो । हरिवंश भन्छन्, ‘उनीहरुको ठुलो बजेटमा बनेको चलचित्रसँग हामीले प्रतिष्पर्धा गर्नुपरेको छ । हामीले प्राविधिक रुपमा उनीहरुलाई भेट्नै सक्दैनौँ ।’

उनीहरुसँग विषयबस्तुमा प्रतिष्पर्धा गर्न भने नेपाली चलचित्र पनि सक्षम रहेको उनको बुझाई छ । ‘तर, उनीहरुको राम्रो चलचित्र आयो भने नेपाली चलचित्र र उनीहरुको चलचित्र बीच शो बाँडिन्छ । त्यो भएपछि व्यापारमा हामी घाटा परिहाल्छौँ ।’ हरिवंशले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment