Comments Add Comment

प्रदेश २ को नाम र राजधानी सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन

१९ वैशाख, जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानी तोक्ने सम्बन्धमा गठित सुझाव समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार संयोजक डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन हस्तान्तरण गर्दै समिति संयोजक डा. झाले प्रदेशका आठवटै जिल्लाको सदरमुकाममा कार्यक्रम गरी जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ–संगठन र सर्वसाधारणको राय संकलन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

प्रतिवेदनभित्र के छ ?

६४ पृष्ठको प्रतिवेदनले नाम र राजधानीबारे के सिफारिस गरेको छ भन्ने विषय गोप्य राखिएको छ । स्रोतका अनुसार प्रदेशको नाम मधेश, मध्यमधेश, मिथिला र जानकी नाम राख्न सकिने सिफारिस गरिएको छ । राजधानीको बिषयमा जनकपुरधाम, वीरगंज र सिम्रौनगढको सुझाव आएको छ ।

आठ सयभन्दा बढी व्यक्तिसँग राजधानी र नामाकरण विषयमा संवाद गरिएको संयोजक डा. झाले बताए ।

प्रतिवेदन प्रदेशसभामा लगिनेछ  : मुख्यमन्त्री राउत

प्रतिवेदन बुझ्दै प्रदेशका मुख्यमन्त्री राउतले यो प्रतिवेदनलाई प्रदेशसभामा छलफलका लागि लगिने बताए । ‘शुरुमा मन्त्रिपरिषद्मा छलफल गरी नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजान्छौं’ मुख्यमन्त्री राउतले भने ।

यद्यपी कहिलेसम्म यो बिषय छलफलमा जाने भन्ने बिषयमा मुख्यमन्त्रीले खुलाएनन् । उनले चाँडै छलफलमा ल्याउने मात्रै बताए ।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गरी ४५ दिनभित्र बुझाउन भनी २०७४ कात्तिक ११ गते डा. हरिवंश झाको सयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगले मंसिर मसान्तभित्रै बुझाउनुपर्ने प्रतिवेदन झण्डै ६ महिना ढिला गरी बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment