Comments Add Comment

भैरहवा र पोखरा विमानस्थलमा नेपालीपन झल्काउन संसदीय समितिको निर्देशन

१९ वैशाख, काठमाडौं । संसदीय समितिले भैरहवाको गौतमवुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा नेपाली पहिचान झल्किने संरचना बनाउन निर्देशन दिएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले दुबै विमानस्थलको अध्ययन गर्दा आयोजनाको डिजाइनमा नेपालीपन नदेखिएको भन्दै उपयुक्त स्थानमा नेपालीपन देखिने संरचना बनाउन निर्देशन दिएको हो ।

समिति सभापछि तारादेवी भट्ट, खिमकुमार विक, विमला राई पौड्याल, सरिता प्रसाईंले वैशाख ८ गतेदेखि दुई निर्माणाधीन विमानस्थलको स्थलगत अध्ययन गरेका थिए । बिहीबार आयोजित समितिको बैठकमा ती अध्ययनको प्रतिवेदन पेश गरिएको थियो । प्रतिवेदनमा दुबै आयोजनाबारे भनिएको छ ‘निर्माणको डिजाइनमा नेपालीपना नदेखिएकाले मिल्ने उपयुक्त स्थानमा नेपालीपन आउने गरी संरचना बनाउनुपर्ने ।’

समितिले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्थानीय तहले सम्झौताअनुसार नदीजन्य सामग्री उपलब्ध नगराउँदा काममा ढिलो भएको पनि बताएको छ । त्यस्तै धावनमार्गको बीचमा रहेको खाल्डा पुर्न धैरै माटो चाहिने र त्यो प्रदेश ५ भन्दा अर्कै प्रदेशबाट ल्याउनुपर्ने भएकाले समस्या भएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गा अधिग्रहण समयमा गर्न समितिले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment