Comments Add Comment

प्रदेश ५ मा मुख्यमन्त्री रनिङ शिल्ड वैशाख २३ देखि

१९ वैशाख, बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । वैशाख २३ गते शुरु हुने प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

प्रतियोगितामा भलिवल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, सटपुट गरी ६ खेल सञ्चालन हुनेछ । भलिवलमा २ सय १६ जना, ब्याडमिन्टनमा ४८, दौडमा २४, तेक्वान्दोमा ९६, बुद्धिचालमा १२ र सटपुटमा २४ जना गरी कुल ४ सय २० खेलाडी सहभागी हुने बिहीबार प्रदेश सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भलिवल बुटवल मण्डपमा, ब्याडमिन्टन बुटवल ब्याडमिन्टन कभर्ड हलमा, दौड प्रहरी तालिम केन्द्रमा, तेक्वान्दो रुपन्देही जिल्ला खेलकुद विकास कभर्ड हलमा, बुद्धिचाल कालिका मानवज्ञान माविको सभाहलमा र शटपुट ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा हुने छन् ।

१८ देखि ४० बर्ष उमेर समुहका खेलाडी सहभागी हुन पाउने प्रतिस्पर्धामा आठौं राष्ट्रिय खेलकुदमा पदक जितेका खेलाडीले खेल्न पाउने छैनन् ।

भलिवल प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । ब्याडमिन्टनमा पहिलो हुनेले १५, दोस्रोले १० र तेस्रोले ५ हजार पाउनेछन् । दौड, चेस र तेक्वान्दोमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः ५ हजार, ३ हजार २ हजार, चेसमा ५ हजार, ३ हजार, २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

रनिङ शिल्ड विजेता टीमले १ लाख, दोस्रो हुनेले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment