Comments Add Comment

सामसङ एस१०को प्रि बुकिङ्गको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण

१९ वैशाख, काठमाडौं । सामसङ एस१० प्रि बुकिङ्गको लक्की ड्र विजेताहरुलाई वैशाख १७ गते एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण समारोह सम्पन्‍न भएको छ।

कम्पनीले चैत्र १८ गतेदेखि वैशाख १ गतेसम्म यस फोनको लागि प्रि-बुकिङ्ग खुल्ला गरेको थियो। यस अवधिमा उल्लेख्य रुपमा ग्राहकहरुको सहभागिता समेत रहेको कम्पनीले जनाएको छ।

सामसङले आयोजना गरेको यस कार्यक्रममा-एस१० प्रि बुक गर्ने ग्राहकहरु मध्येबाट कपिल अग्रवालले ५ हजार रुपैयाँ बराबरको लेट मि इन को दुईवटा कुपन प्राप्त गर्नु गरेका छन्।

त्यसैगरी संगम खड्काले के जि एच पोखरामा दुई जना (जोडी) को लागि दुई रात विताउने कुपन प्राप्त गरेका थिए भने कला भट्टराई, विक्रम तिमल्सिना तथा सुदर्शन श्रेष्ठ समेतगरी तीनजनाले सामसङको ग्यालेक्सी वाच एक्टिभ तथा सुमन रञ्जितकारले टर्किस एयरलाईनसको विजिनेश क्लास टिकट (कर तिर्ने गरी) प्राप्त गरेका थिए।

ग्यालेक्सी एसको प्रारम्भ भएको दशवर्षको उत्साहसँगै, सामसङ इलेक्ट्रोनिक्सले नयाँ उच्चस्तरीय स्मार्टफोनहरु प्रस्तुत गर्दै आएको छ।

नयाँ जमानाको जीवन्त अनुभव प्रदान गर्न कम्पनीले फोन बजारमा सार्वजनिक गरेको हो। यसमा भएको डिस्प्ले, क्यामरा तथा कार्य क्षमतामा अभूतपूर्व नवीनतम प्रविधिको प्रयोग भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment