Comments Add Comment

महिला च्याम्पियन्स लिग क्रिकेटको खेलाडी दर्ता खुल्यो

१९ वैशाख, काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता आज (बिहीबार) देखि खुल्ला भएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले प्रेस विज्ञप्ति अनुसार प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले आजैका दिनदेखि खेलाडी दर्ता गर्न सक्ने छन् । इच्छुक खेलाडीले ईसेवामार्फत वैशाख २५ गतेसम्म दर्ता गराउन सक्नेछन् ।

आयोजकले खेलाडीलाई चार श्रेणीमा विभाजन गरेको छ । डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको छ । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् । त्यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन् । वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगितामा पाँच फ्रेन्चाइज क्रिकेट टिम रहने छन् । प्रत्येक टिमले दुई÷दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।

सर्‍यो प्रतियोगिता

आयोजकले प्रतियोगिताको मिति फेरी पनि सारेको छ । यही जेठ तीन गतेदेखि १२ गतेसम्म टियु क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्ने मिति तय भएको थियो । तर प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग जुध्ने भएपछि आयोजकले फेरी सारेको हो ।

अब नयाँ मिति अनुसार असोज ३ देखि ११ गतेसम्म टियु क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment