Comments Add Comment

हेटौंडा काठमाडौं जोड्ने त्रिभुवन राजपथ जीर्ण

१९ वैशाख, हेटौंडा । हेटौंडाबाट काठमाडौं जोड्ने पुरानो त्रिभुवन राजपथ मर्मतमा कुनै निकायले चासो नदिँदा खाल्डाखुल्डीका कारण जीर्ण बनेको छ ।

केन्द्रीय राजमार्गको मकवानपुरको भीमफेदी गाउँपालिका र थाहानगरपालिका अन्तर्गत पर्दछ । राष्ट्रिय राजमार्ग केन्द्रीय सरकारकै मातहतमा रहने भएकोले यसको मर्मतमा समेत केन्द्रीय सरकारले नै बजेट छुट्याउनुपर्ने भए पनि यो सडक मर्मतमा केन्द्रीय सरकारले बजेट उपलब्ध गराएको छैन ।

त्रिभुवन राजपथ जिर्ण हुँदा उत्तरी मकवानपुरको दामन सिमभञ्याङ पर्यटकीय घुम्न आउने पर्यटकको सख्यामा कमी आएको छ । अर्कोतर्फ जीर्ण राजमार्गमा यात्राको जोखिम बढेको सर्वसाधरणको गुनासो छ ।

त्रिभुवन राजपथ मर्मतका लागि डिभिजन सडक कार्यालय हेटौंडाले सडक बोर्ड नेपालबाट उठेको कर अनुदानबाट एक हप्ता अघि ठेक्का सम्झौता गरिसकेको जनाएको छ । भैंसेदेखि लामीडाँडासम्म १८ किलोमिटर सन्तोष निर्माण सेवाले डेड करोडको लागतमा निर्माणको जिम्मा पाएको छ । यस्तै लामिडाँडादेखि सिमभञ्याङसम्म २३ किलोमिटर गौरी पार्वती केएन केजी जेवीले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

सिमभञ्याङदेखि पालुङसम्म १० किलोमिटर सिएम कबीर जेवी एक करोड रुपैयाँमा र पालुङदेखि दामेचौरसम्म १८ किलोमिटर २९ लाख रुपैयाँमा पम्फा निर्माण सेवाले ठेक्का लिएको हो ।

हेटौंडादेखि दामेचौरसम्म ९० किलोमिटर सडकमध्ये यसवर्ष ७० किलोमिटर राजमार्ग कालोपत्रे हुने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । सबै ठेक्काको काम असार मसान्तभित्रै सक्नुपर्ने बताइएको छ । तर निर्माण कार्य भने सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment