Comments Add Comment

हराएको एउटा मोवाइल खोज्दा चोरीको ७ वटा भेटियो !

१९ वैशाख, विराटनगर । बिहिवार विराटनगर महानगरपालिका ३ का निगेश गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङमा टेलिफोन गरी आफ्नो १११० मोडलको नोकिया मोवाइल हराएको सूचना दिए । बिहीबार विहान करिब ४ बजे पूरानो मोडलको मोवाइल हराएको सूचना पाएपछि खोजी गरेको प्रहरीले अनौठो कुरा पत्ता लगयो ।

चोरी भएको १११० मोडलको मोवाइल खोज्दै पुगेको प्रहरीले विराटनगर महानगरपालिका – १६ बस्दै आएका अब्बास खानलाई पक्राउ गर्‍यो । मोवाइल हराएको सूचना आएको आधा घण्टामा पक्राउ परेका २८ वर्षिय खानको साथबाट सातवटा मोवाइल फोला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनको साथबाट ४ वटा चादीका शिक्का र दुईवटा घडी पनि फेला परेको थियो ।

प्रहरीका अनुसार अब्बासको साथबाट फेला परेका घडी र सातवटै मोवाइल चोरीका हुन् । उनले बुधवार राति नै चोरी गरेको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीले फेला पारेको सातमध्ये एक मोवाइल धनीको पहिचान खुलेको छैन । सामसुनङ, नोकिया र कलर्स ब्राण्डका मोवाइल भेटिएको हो । प्रहरीले उनको साथबाट २ थान घडी, तीनवटा सिमकार्ड, र चारवटा चादीको सिक्का पनि फेला पारेको छ ।

खानलाई मुलुकी अपराध संहिता २०७४ को चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment