Comments Add Comment

रत्नपार्कको जग्गामा दुईथरी सम्झौता, कसले गर्‍यो कीर्ते ?

२० वैशाख, काठमाडौं । रत्नपार्क परिसरमा रहेको दुईमाजु मन्दिरको जग्गा व्यक्तिगत सम्पत्ति सरह भाडामा लगाउँदा दुई थरी कागजात प्रयोग भएको भेटिएको छ ।

खुलामञ्च र रत्नपार्कबीचको एक रोपनीभन्दा बढी जग्गा विना टेन्डर व्यक्तिलाई दिँदा गुठी संस्थानले बदमासी महानगरपालिका एक अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

गुठी संस्थानले २०७५ मंसिर ९ गते भीमसेन गाउँपालिका-२, गोरखाकी अमृता भट्टराईलाई ‘सामान्य व्यावसाय’ का लागि भाडामा दिएको उल्लेख छ । ४ पुस २०७५ मा गुठी संस्थान शाखा कार्यालय काठमाडौले भट्टराईलाई दिएको कार्यादेशमा ‘साधारण व्यावसाय’ गर्न पाइने उल्लेख छ ।

गुठी संस्थानले काठमाडौं महानगरपालिकासँग भने व्यावसाय सञ्चालनको अनुमति लिएको छैन । महानगरले आवश्यक पूजा सामग्री व्यवस्थापन, पूजाआजा तथा मन्दिरको रेखदेख मात्रै सहमति दिएको देखिन्छ ।

गुठी संस्थानको कीर्ते !

गुठी संस्थानका कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मीले हस्ताक्षर गरेर अमृता भट्टराईलाई व्यावसाय सञ्चालन गर्नु भनेका छन् । त्यही पत्रका आधारमा भट्टराईले मासिक १५ हजार संस्थानमा बुझाएर ३२ वटा व्यावसायीबाट मासिक करिब पाँच लाख रुपैयाँ भाडा उठाउँदै आएकी थिइन् ।

यो पनि पढ्नुहोस काठमाडौं महानगरले नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा

महानगरपालिकाका एक अधिकारी संस्थानले गलत कागजात बनाएर महानगरपालिकाको समेत बदनाम गरेको बताउँछन् । ‘विश्वासै गर्न नसकिने कीर्ते सम्झौता गरेर दिइएको रहेछ’ ती अधिकारी भन्छन्, ‘सम्झौताको अर्को पक्षलाई गुठी संस्थानले गुमराहमा राखेको हुनसक्छ, यो अख्तियारले छानविन गर्नुपर्ने विषय हो ।’

गुठी संस्थानको अर्को बदमासी के देखिन्छ भने महानगरपालिकासँग सहमति लिनु भन्दा पहिला नै उसले भट्टराईलाई कार्यादेश दिईसकेको थियो । महानगरपालिकाले ०७५ फागुन १० गते दुईमाजु मन्दिर व्यवस्थित गर्ने सहमति दिएको देखिन्छ ।

महानगरले सहमति दिनुभन्दा दुई महिना पहिला अर्थात ०७५ पुस ४ गते नै संस्थानले भट्टराईको नाममा कार्यादेश जारी गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment