Comments Add Comment

राष्ट्रपतिको सम्बोधन : झोलुङ्गे पुल लिएर सरकार खोला खोलामा पुगेको छ

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताएकी छिन् । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको बताइन् । जनताको हरेक पीडामा सरकारले साथ दिएको उनले बताइन् ।

हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै उनले भनिन्, ‘जनताको हरेक सुखदुःखमा सरकार सधै छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको समेत दावी गरिन् ।

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताएकी छिन् । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment