Comments Add Comment

सहकारीको नेतृत्वमा कृषि आधुनिकरण

२० वैशाख, काठमाडौं । सहकारीको नेतृत्वमा कृषिको आधुनिकरण गर्ने योजना सरकारले अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सहकारीको नेतृत्वमा कृषिको आधुनिकीकरण गरिने विषय समेटेको हो ।

सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारीको माध्यमबाट उद्यमशीलता विकास हुने बताइन् । उनले कृषि क्षेत्रको आधुनिकीकरण अहिलेको आवश्यकता रहेको भन्दै सहकारीको नेतृत्वमा नै त्यो सम्भव हुने बताइन् ।

सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा विकास गर्ने योजना सरकारले लिएको जानकारी दिदै राष्ट्रपति भण्डारीले सहकारीलाई उद्यमशीलता र कृषि विकासमा लगाइने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment