Comments Add Comment

विराज र निकिताको ‘साङ्लो’ निर्माण घोषणा

नायक विराज भट्ट चलचित्रमा अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् । नायक भट्टको निर्माण, निर्देशन र अभिनय रहने चलचित्र ‘साङ्लो’को आज घोषणा भएको छ । वैशाखको २४ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई करिब ५० दिनमा सक्ने विराजले पत्रकार सम्मेलनमा जानकारी दिए ।

चलचित्र ‘साङ्लो’मा विराजको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चण्डकले काम गर्दैछिन् । चलचित्रमा कामेश्वर चौरासिया, अमित गिरी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको बिषयमा विराजले भने–‘मलाई केही फरक चलचित्र आफै गर्न मन लागेको थियो । यो चलचित्रमा मैले अहिलेसम्म गर्न नपाएको बिषय समावेश गरेको छु ।’

यस्तै, नायिका चण्डकले आफू तत्काल चलचित्रमा काम गर्ने मनस्थितीमा नभएपनि नायक तथा निर्देशक विराज भट्टको कुरा सुनेपछि काम गर्न तयार भएको सुनाइन् । नेपाली चलचित्रमा राम्रो स्थान बनाइरहँदा विराज भोजपुरी चलचित्रमा पुगेका थिए । भोजपुरीमा राम्रै स्थान जमाएका विराज अब निर्देशनमा पनि जम्ने तयारीमा छन् । एक्सन लभ स्टोरी कथामा यो चलचित्र निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment