Comments Add Comment

विराटनगरमा प्रभुको एक्सटेन्सन काउन्टर

२१ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले मोरङ जिल्ला विराटनगर महानगरपालिका ३ मा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र बैदेशिक रोजगारीमा जाने सेवाग्रहिका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्यसेवा र सुविधाकोकाउन्टर सञ्चालनमा आएको हो ।

काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरे ।

बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment