Comments Add Comment

मातातीर्थ औंशीको अवसरमा एनआईसी एशिया बैंकको क्यास ब्याक योजना

२१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको पावन अवसरमा डिजिटल प्येमेन्टहरुमा क्यास ब्याक योजनाहरु सार्वजनिक गरेको छ।

उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन्। उक्त योजना अन्र्तगत अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्युआर प्येमेन्ट सिस्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मकोक्यास ब्याक हुनेछ।

यस्तै, पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५०० सम्मको क्यास ब्याप पाइनेछ। यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुनेछ। यस योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment