Comments Add Comment

नर्सहरुले गरे प्रहरी धरपकडको विरोध

२१ वैशाख, काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले प्रहरी धरपकडको विरोध गरेका छन् ।

अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारविरुद्ध आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् ।
आन्दोलनरत नर्सहरुले पत्रकार सम्मेलन गरी आन्दोलनकै क्रममा प्रहरी प्रशासनले शुक्रबार साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् ।

अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरी पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई अन्याय हुनेगरी सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीच सम्बन्ध राम्रो होस भनेर आफूहरु आन्दोलित भएको बताइन् । उनले भनिन्, ‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परिवर्तन गर्ने गरिएको छ ।’ विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउन पनि आफूहरुलेे माग गरेको स्पष्ट पारिन् ।

उनले भनिन्,’अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’

नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाइन् । अस्पताल प्रशासनले प्राविधिकतर्फ मात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागमा नखुलाएकोमा पनि आफूहरुको आपत्ति रहेको खर्बुजाको भनाइ छ ।

कार्यक्रममा नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सहरुप्रति विभेद र शोषण भएको सुनाइन् । दक्ष नर्सहरुलाई छोडेर सिकारु नर्सहरुलाई काम गर्न लगाइएको भन्दै यसो गर्दा विरामीको ज्यानै जानसक्ने खतरा औल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment